काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई साइबर क्राइमको आरोपमा पक्राउ गरिएको छ। नेपाल प्रहरीको साइबर व्यूरोले बुधबार उनलाई पक्राउ गरेको हो। बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएका पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
साइबर व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिपराज अवस्थीले जानकारीअनुसार पाँडेमाथि साइबर क्राइमसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पाँडे राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का पूर्वकेन्द्रीय सदस्य समेत हुन्। अदालतले दिएको ४ दिनको म्यादभित्र प्रहरीले पाँडेमाथि लागेको साइबर क्राइमको आरोपबारे थप अनुसन्धान गर्ने बताइएको छ।

प्रतिक्रिया