बिहार पसेको भनिएका ३ आतङ्ककारीको स्केच सार्वजनिक

बिहार पसेको भनिएका ३ आतङ्ककारीको स्केच सार्वजनिक


बिहार ।  बिहार प्रहरीले नेपाल हुँदै तीन जना पाकिस्तानी आतंककारी बिहार प्रवेश गरेको सूचनापछि उच्च सतर्कता जारी गरेको छ। प्रतिबन्धित आतंकवादी संगठन जैश–ए–मोहम्मदसँग सम्बन्धित ती आतंककारीहरूको परिचय खुलाइएको छ। तिनीहरूमा हसनैन अली (रावलपिण्डी), आदिल हुसैन (उमरकोट) र मोहम्मद उस्मान (बहावलपुर) रहेका छन्।

प्रहरीका अनुसार, उनीहरू साउनको दोस्रो हप्तामा काठमाडौं पुगेका थिए र गत हप्ता बिहार प्रवेश गरेका हुन्। बिहार प्रहरीले उनीहरूको स्केच र पासपोर्ट विवरण सीमावर्ती जिल्लाहरूमा पठाएर सुरक्षा व्यवस्था कडा पारेको छ। यस वर्षको अन्त्यतिर हुने बिहार विधानसभा चुनावलाई लक्षित गरी आतंककारी गतिविधि बढ्ने आशंकामा सीमा क्षेत्रमा चेकजाँच र निगरानी तीव्र पारिएको छ।