मेलम्ची र इन्द्रावती जलाधारमा ६ घण्टादेखि निरन्तर वर्षा

मेलम्ची र इन्द्रावती जलाधारमा ६ घण्टादेखि निरन्तर वर्षा


काठमाडौं । सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रवती नदी जलाधार क्षेत्रमा आइतबार (भदौ १५)बिहान वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टायता त्यहाँ निरन्तर पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षासँगै मेलम्ची, इन्द्रावती र यिनका सहायक खोलामा बाढीको जोखिम छ । भिरालो जमिनमा पहिरोको जोखिम छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“भदौ १५ गते, बिहान ६ः४५ बजे । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती जलाधारमा ६ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ । मेलम्ची, इन्द्रावती र यिनका सहायक खोलाहरूमा बाढीको जोखिम छ । भिरालो जमिनमा पहिरोको जोखिम छ । सतर्क रहनुहोला,” विभागको सूचनामा उल्लेख छ ।