गोविन्द केसीले गेटा मेडिकल कलेलमा सत्याग्रह सुरु गर्दै

गोविन्द केसीले गेटा मेडिकल कलेलमा सत्याग्रह सुरु गर्दै


काठमाडौँ। चिकित्सा शिक्षा सुधारका लागि भन्दै प्रा. डा. गोविन्द केसीले गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गर्न लागेका छन् ।

मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रहलगायत दबाबमूलक अभियान चलाउँदै आएका केसीले साढे १२ बजे गेटामा पत्रकार सम्मेलन गर्दै छन् ।

१ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।

चिकित्सा शिक्षा आयोगले २१औँ बैठकले गरेको निर्णयअनुसार एमबीबीएसमा १,३५९ सिट थपेर २,६३५ पुर्‍याएको छ । बीडीएसको सिट ६२५ बनाइएको छ । उक्त सरकारलाई निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन् ।

सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ । उक्त निर्णयको पछाडि निजी मेडिकल कलेज सञ्चालकको आर्थिक स्वार्थ जोडिएको छ । निजी मेडिकल कलेज सञ्चालकलाई पोस्न प्रधानमन्त्री स्वयं नै अग्रसर भएको विज्ञहरूले बताएका छन् ।

सिट संख्या बढ्नुले नेपालको चिकित्सा शिक्षा गुणस्तर खस्किने खतरा बढेको विज्ञ बताउँछन् । चिकित्सा शिक्षाको सर्वोपरि उद्देश्य गुणस्तरीय शिक्षा हो । यदि गुणस्तरीय चिकित्सा शिक्षा नहुँदा गुणस्तरीय जनशक्ति उत्पादन हुँदैनन् ।