रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय

रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय


काठमाडौँ । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर-३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ।

‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले भने, ‘त्यहीअनुसार उम्मेदवार बनाउने पार्टीको निर्णय छ।’

चौधरी भदौ १८ गते जनमतमा प्रवेश गरेका थिए। त्यसअघि उनी नागरिक उन्मुक्ति पार्टीमा थिए।

२०७९ को प्रतिनिधि सभा चुनावमा चौधरी नाउपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार थिए।

उनी नेकपा (एमाले) का उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए भने त्यसबेला चौथो धेरै मत प्राप्त गरेका थिए।

उनी थरुहट तथा थारुवान् आन्दोलनसँग पनि जोडिएका थिए। उनी थारू कल्याणकारी सभाका अध्यक्ष पनि थिए।

रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।