जेनजी पुस्ताको प्रदर्शन तयारीमा ओलीको टिप्पणीः यो पुस्ता कानुनबारे स्पष्ट छ

जेनजी पुस्ताको प्रदर्शन तयारीमा ओलीको टिप्पणीः यो पुस्ता कानुनबारे स्पष्ट छ


काठमाडौं–जेनजी पुस्ताले सोमबार गर्न लागेको प्रदर्शनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

उनले यो पुस्ता विधि, कानुनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको बताएका छन्।

सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूलेसडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले कसैले विधि, कानुन उल्लघंन नगर्ने विश्वास लिएको बताए।

नयाँ पुस्ता राष्ट्रियताप्रति सचेत, अनि विधि कानुनबारे स्पष्ट छ भन्ने अपेक्षा ओलीले राखेका छन्।

‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ। देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु।’