जेनजीको प्रदर्शन स्थलमा काठमाडौँ महानगरले राख्यो घुम्ती शौचालय

जेनजीको प्रदर्शन स्थलमा काठमाडौँ महानगरले राख्यो घुम्ती शौचालय


काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले जेनजीको प्रदर्शन स्थलमा घुम्ती शौचालय राखिदिएको छ ।

नयाँ पुस्ताका युवा (जेनजेड)हरुले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध माइतीघर मण्डलामा सशक्त प्रदर्शन गरिरहेकाहरूको सुविधाका लागि महानगरपालिकाले नि:शुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।

अहिले युवाहरू भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् ।  उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् ।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर रु’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

उनीहरूको प्रदर्शनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरेका छन् ।

जेनजीले काठमाडौँ उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।