कांग्रेसले बोलायो आकस्मिक बैठक

कांग्रेसले बोलायो आकस्मिक बैठक


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बोलाएको छ ।

जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको हो ।

‘सरकारले परिस्थिति आँकलन गर्न नसकेर गम्भीर गल्ती गरेको छ । यसबारे आवश्यक निर्णय लिनलाई हामीले बैठक बोलाएका छौं’, उनले भने ।