सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लिन देउवाको प्रधानमन्त्रीलाई टेलिफोन आग्रह

सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लिन देउवाको प्रधानमन्त्रीलाई टेलिफोन आग्रह


काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल निष्क्रिय गराउने सरकारको निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

काँग्रेस पदाधिकारी बैठकमै बसेर देउवाले प्रधानमन्त्रीलाई फोन गरेको सहभागी एक अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् ।

उनले बताए अनुसार पार्टीको आधिकारिक निर्णय जानकारी गराउँदै निर्णय फिर्ता लिन आग्रह गरिएको हो।