काठमाडौ महानगरका विद्यालयमा भदौ २६ सम्म बिदा

काठमाडौ महानगरका विद्यालयमा भदौ २६ सम्म बिदा


काठमाडौँ – आज भएको जेन-जी आन्दोलनलाई ध्यान दिँदै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालय भदौ २६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘काठमाडौँ महानगरपालिकाले आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।’

भ्रष्टाचार र बेथितिको विरोधमा सोमबार आन्दोलनमा उत्रिएका जेन-जीका युवामाथि सरकारले दमन गर्दा २० जनाभन्दा बढी मारिएका छन्।