काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले आफ्नो एक हप्ते चीन भ्रमण छोट्याएर भोलि (बुधबार) नेपाल फर्कने भएका छन्। नेपालमा विकसित पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले भ्रमण छोट्याउने निर्णय गरेका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
चीनको सान्सी विश्वविद्यालयको निमन्त्रणामा सियान सहर पुगेका कोइराला ‘बेल्ट एन्ड रोड-क्षेत्रीय सहकार्य, प्रशासन र विकास गोष्ठीू मा प्रमुख वक्ताका रूपमा सहभागी हुन गएका थिए।
यद्यपि, उनी निर्धारित समयभन्दा अगाडि नै स्वदेश फर्कने भएका छन्। डा। कोइराला भोलि बुधबार रातीसम्म नेपाल आइपुग्ने कार्यक्रम छ।

प्रतिक्रिया