टेकुदेखि कलंकीसम्मै प्रदर्शन, बल्खुको पुलिस बिट तोडफोड

टेकुदेखि कलंकीसम्मै प्रदर्शन, बल्खुको पुलिस बिट तोडफोड


काठमाडौँ- कर्फ्युका बिच जेनजीहरुले काठमाडौँको भित्री क्षेत्रमा पर्ने टेकु, कुलेश्वर, कालीमाटी क्षेत्रमा प्रदर्शन गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागसहित सोमबार राज्य पक्षबाट भएको हत्यामा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।

प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् भने राजधानीको बल्खुस्थित प्रहरी बिटमा तोडफोड भएको छ । बल्खु र कालीमाटी क्षेत्रमा व्यापक प्रदर्शन भइरहेको बताएका छन् ।