गगन-विश्वले भने: एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य सकियो, मन्त्रीहरु फिर्ता हुनू

गगन-विश्वले भने: एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य सकियो, मन्त्रीहरु फिर्ता हुनू


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् ।

महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति निकाले पार्टी सभापति शेरबहादुर देउवादे सबै मन्त्रीलाई फिर्ता नबोलाएर अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी दिएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीले पनि राजीनामा गरेर नयाँ सहमति गर्नुपर्ने बताएका छन् ।

उनीहरुले जेन जी पुस्तालाई पनि जायज माग सम्बोधन गर्न जोड दिने भन्दै आन्दोलनलाई संयमित बनाउन आग्रह गरेका छन्। अहिलेको समस्या समाधान गर्नको लागि सबै राजनीतिक दलहरुसँग खुला छलफलको आह्वान पनि गरेको छन्।