जेनजीको अबको राजनीतिक एजेन्डा– मौजुदा संघीय संसद विघटन!

जेनजीको अबको राजनीतिक एजेन्डा– मौजुदा संघीय संसद विघटन!


काठमाडौं– जेनजी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अबको राजनीतिक एजेन्डाको बहस सुरु भएको छ।

अबको राजनीतिक एजेन्डा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको विघटन गरी गैरराजनीतिक संलग्नताको चुनावी सरकार हुनुपर्ने सुझाव आएको छ।

काठमाडौं महानगरका प्रमुख बालेन शाहले पनि यहि सुझाव पेश गरेका छन्। उनले अबको राजनीतिक एजेन्डा नै संसद विघटन र नेतृत्व जेनजी पुस्ताको हुनुपर्ने बालेनको राय रहेको छ।