विभिन्न ठाउँमा भएका लुटपाटका क्रममा हतियार, गोली र पकेट बम भेटियो

विभिन्न ठाउँमा भएका लुटपाटका क्रममा हतियार, गोली र पकेट बम भेटियो


काठमाडौं– विध्वंश हुनेगरी भएको लुटपाट गर्ने समूहसँग हतियार, गोली र पकेट बम समेत फेला परेको छ।

फायरिङ गरेर लुटिएको समेत पत्ता लागेपछि सेनाले केही हतियार पनि नियन्त्रणमा लिएको छ।

केही ठाउँमा दोहोरो फायरिङ पनि भएको बताइन्छ। नेपाली सेनाले केही ठाउँमा त्यस्ता हतियारधारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

टुसालमा भएको फायरिङपछि पनि सेनाले हतियार बरामद गरेको छ।

प्रहरीका हतियार समेत लुटिएको आशंका सेनाले गरेको छ।