डिल्लीबजार कारागारबाहिर कैदी बन्दी, सेनाले हालेको छ घेरा

डिल्लीबजार कारागारबाहिर कैदी बन्दी, सेनाले हालेको छ घेरा


काठमाडौं– देशभरका कारागारबाट कैदीबन्दी निस्किएको खबर पुगेपछि डिल्लीबजार कारागारभित्र आगजनी गरिएको छ। झडपको समेत अवस्था आएपछि कैदीबन्दी स्थानान्तरणको काम चलिरहेको छ।

कारागारबाहिर कैदी बन्दी ल्याइएका छन्। उनीहरूलाई सेनाको सुरक्षा घेरामा राखिएको छ।

भित्र रहेका कैदीबन्दीले आफूहरु पनि निस्किन पाउनुपर्ने भनी माग राख्दै आगजनी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको सुरक्षा तैनाथी बढेको थियो।