धादिङ कारागारमा गोली चल्दा दुई कैदीको मृत्यु

धादिङ कारागारमा गोली चल्दा दुई कैदीको मृत्यु


काठमाडौँ । धादिङ कारागारभित्र कैदी बन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि सेना परिचालन गरी गोली प्रहार गरिएको छ ।

फायरिङको क्रममा दुई कैदीको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाइतेहरूको उपचार धादिङ अस्पतालमा भइरहेको जनाइएको छ ।

थप विवरण आउन बाँकी छ ।