नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले


काठमाडौं– गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन्।

जेनजी आन्दोलनका कारण सबै क्षेत्र अस्तव्यस्त भएपछि सवारी साधन पनि ठप्प भएका थिए।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

ठप्प रहेका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालनमा आउन थालेका हुन्।

शुक्रबार बिहान ७ देखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले दिए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो।