नवनियुक्त प्रधानमन्त्री कार्कीलाई मोदीले दिए बधाइ

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई मोदीले दिए बधाइ


काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

ट्वीटरमार्फत सन्देश दिँदै मोदीले भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी सुशीला कार्कीलाई मेरो हार्दिक शुभकामना व्यक्त गर्दछु। भारत नेपालको शान्ति, प्रगति र समृद्धिप्रति दृढ प्रतिबद्ध छ।”