सुमनाले रास्वपा छाडिन्

सुमनाले रास्वपा छाडिन्


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।

उनीमाथि सांगठनिक रुपमा भित्रभित्रै आलोचना र प्रहार हुने गरेको बुझिएको छ। उनको भनाईले पनि त्यो संकेत गर्छ।

उनले भनिन्,‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाँडे।’

सुमनाले यसअघि रास्वपामा सह–महामन्त्रीको पद पनि त्यागेकी थिइन् भने एक व्यक्ति एक पदको विषयलाई जोडतोडका साथ उठाएकी थिइन्।