पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी नियुक्त

पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी नियुक्त


काठमाडौँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरिएको हो । आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए ।

यो सँगै मुलुकले पहिलो पटक महिला महान्यायाधिवक्ता पाएको छ ।