काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार भएको छ। सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल गरी ३ जनाले शपथ लिएका हुन्। तर, राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा एउटा रोचक दृश्य देखियो। प्रधानमन्त्री कार्कीको शपथ समारोहमा नगएका राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल मन्त्रीहरूको शपथमा उपस्थित भए।
त्यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे भने शपथ सामारोहमा देखिएनन्। उनी प्रधानमन्त्रीको शपथमा पनि देखिएका थिएनन्। प्रधानमन्त्रीको शपथमा उपराष्ट्रपति रामसाहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहभागी थिए। हाल प्रतिनिधि सभा विघटन भएको छ भने राष्ट्रिय सभा निरन्तर चल्ने गर्दछ। शपथ सामारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री, उपराष्ट्रपति यादव, प्रधानमन्त्री कार्की र राउत पनि सहभागी भए।

प्रतिक्रिया