नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १४ जना घाइते

नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १४ जना घाइते


काठमाडौँ । हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार २२ जना बोकेको ट्रक दुर्घटनामा परेको हो । घाइते मध्ये तीन जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते हरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रजीअ श्रेष्ठले बताइन् ।