यात्रुवाहक सवारीका लागि सोमबारदेखि नेपालभर रूट परमिट खुला

यात्रुवाहक सवारीका लागि सोमबारदेखि नेपालभर रूट परमिट खुला


काठमाडौं- यातायात व्यवस्था विभागले यही असोज ६ गते (सोमबार) बाट देशव्यापी रुपमा यात्रुवाहक सवारीको लागि रुट परमिट खुला गरेको छ ।

यो रुट परमिट आगामी असोज २२ गतेसम्म लागु हुने जनाईएको छ ।

विभागले बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने अनुमति दिएको छ ।