ऊर्जा मन्त्री घिसिङसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेटवार्ता

ऊर्जा मन्त्री घिसिङसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेटवार्ता


काठमाडौँ। ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

आइतबार बिहान सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री घिसिङले राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

जेन जेड पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बनेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।

भेटका क्रममा नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्ति व्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।