मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगद्वारा कानुन संशोधनको प्रस्ताव

मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगद्वारा कानुन संशोधनको प्रस्ताव

काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ ।

आयोग पदाधिकारीहरूको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

मन्त्रिपरिषद्को बैठकले यो ऐनलाई अध्यादेश मार्फत संशोधन गर्ने सम्भावना छ ।