महिलामाथि एसिड प्रहार

महिलामाथि एसिड प्रहार


काठमाडौँ । विराटनगर महानगरपालिका-९ मा एक व्यक्तिले महिलामाथि एसिड प्रहार गरेका छन् ।

स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार एसिड प्रहारबाट घाइते महिलाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।