अवकाश नजिकिएका नेवानि अध्यक्षद्वारा गरिएको कर्मचारी सरुवा प्रक्रिया स्थगित गर्न निर्देशन

अवकाश नजिकिएका नेवानि अध्यक्षद्वारा गरिएको कर्मचारी सरुवा प्रक्रिया स्थगित गर्न निर्देशन


काठमाडौँ । अवकाशमा जान एक महिना मात्र बाँकी रहँदा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विदेशस्थित कार्यालयका लागि कर्मचारी सरुवा गर्न धमाधम अन्तर्वार्ता लिइरहेका थिए। यसबीच, पर्यटन मन्त्रालयले उक्त प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएको छ।

अधिकारीले अवकाश नजिकिँदै गर्दा ४५ जना कर्मचारीलाई करारमा नियुक्ति समेत गरेका थिए। बिहीबार एक अनलाइन मिडियामा समाचार प्रकाशित भएपछि पर्यटन मन्त्रालयले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सरुवा प्रक्रिया हाललाई रोक्न आदेश दिएको हो। साथै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न कार्यकारी अध्यक्ष अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

नेवानिका विभिन्न अन्तर्राष्ट्रिय कार्यालयमा कन्ट्री म्यानेजर तथा एकाउन्ट म्यानेजर लगायत पदमा सरुवाका लागि अधिकारीले धमाधम अन्तर्वार्ता लिइरहेका थिए ।