बन्धकहरूलाई रिहा गर्न हमास सहमत

बन्धकहरूलाई रिहा गर्न हमास सहमत


काठमाडौं । हमासले बाँकी बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ, तर गाजाको लागि अमेरिकी शान्ति योजनाका धेरै प्रमुख बुँदामा छलफल गर्न चाहेको बताएको छ ।
बीबीसीकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समयसीमा दिएको केही समयपछि हमासले यस्तो सहमति जनाएको हो ।
हमासले बन्धकहरूलाई रिहा गर्ने घोषणा गरेपछि ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘हमासले जारी गरेको विज्ञप्तिको आधारमा मलाई विश्वास छ कि तिनीहरू दिगो शान्तिको लागि तयार छन् ।’ ‘इजरायलले गाजामा तुरुन्तै बमबारी बन्द गर्नुपर्छ ताकि हामी बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सकौं,’ ट्रम्पले थपे । हालै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकाको भ्रमणमा थिए, जहाँ ट्रम्प र नेतान्याहूबीच अमेरिकी शान्ति योजनामा ​​सम्झौता भएको थियो ।