३९ पुग्यो इलाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या

३९ पुग्यो इलाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या


काठमाडौँ। इलामको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर-५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरुङको शव फेला पछि मृतकको सङ्ख्या ३९ पुगेको हो ।

प्रहरीका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनको स्विटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको बताइएको छ ।

योसँगै इलाममा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । एक जना बेपत्ता छन् ।