संघको २२औँ स्थापना दिवसमा विश्व सम्पदा स्थलमा पूजाआजा

संघको २२औँ स्थापना दिवसमा विश्व सम्पदा स्थलमा पूजाआजा


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २२औँ स्थापना दिवसका अवसरमा आज पशुपतिनाथ तथा स्वयम्भूमा विशेष पूजाआजा गरिएको छ ।

संघले संसारभरि छरिएर रहेका नेपालीको सुख, शान्ति तथा राष्ट्रिय कल्याणको कामना गर्दै विधिविधानपूर्वक विश्व सम्पदा स्थलमा सूचीकृत दुवै स्थानमा पूजाआजा गरिएको हो ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २२ वर्षमा ९० भन्दा बढी देशमा औपचारिक सञ्जालसहित विस्तार भएको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष बद्री केसीले बताए ।

उनले विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गरेर नेपालको विकासका लागि जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने काम भइरहेको बताए ।