काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा असोज २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवा बैठकमा सहभागी हुने नहुने निश्चित भएको थिएन ।

प्रतिक्रिया