१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


काठमाडौँ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

राप्तीसोनारी गाउँपालिका-२, मधुवाका २४ वर्षीय लक्ष्मण खत्रीलाई प्रहरी चौकी कञ्चनपुरबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो।

पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।