विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाले गरे दीप प्रज्वलन

विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाले गरे दीप प्रज्वलन


काठमाडौँ। जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।

जोशीको सम्झनामा बुधबार साँझ ५:३० बजे काठमाडौँको माइतीघर मण्डलामा जेनजी युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।

यसअघि सामाजिक सञ्जालमा पोस्ट गर्दै जेनजी अगुवा रक्षा बमले जोशीलाई विद्रोही समूह हमासले बन्धक बनाइसकेपछि पनि रिहा गरेर फिर्ता ल्याउन तत्कालीन राज्यसत्ताले उचित कूटनीतिक पहल नचालेको पाइएको आरोप समेत लगाएकी थिइन् ।