२ हजारले बढ्यो सुनको मूल्य, तोलाको साढे दुई लाखमाथि

२ हजारले बढ्यो सुनको मूल्य, तोलाको साढे दुई लाखमाथि


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।