अमनप्रतापको जवाफ: मैले अपशब्द बोलेको हो मलाई कुनै रिग्रेट छैन

अमनप्रतापको जवाफ: मैले अपशब्द बोलेको हो मलाई कुनै रिग्रेट छैन


काठमाडौं । निर्देशक अमनप्रताप अधिकारीले भदौ २३ गते विद्यार्थीहरूको हत्या गर्नेहरुविरुद्ध अपशब्द बोले पनि आफूले कुनै पनि संरचनामा आगजनी नगरेको प्रष्टीकरण दिएका छन् ।भदौ २४ गते संसद् भवन जल्दै गर्दा अपशब्द बोलेर बनाएको भिडिओ भाइरल भएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

सामाजिक सञ्जालबाट एक भिडिओ जारी गर्दै उनले आफ्नै आँखा अगाडि संसद् भवनभित्रबाट गोली चलाएर ४ जना स्कुल ड्रेसमा भएका विद्यार्थीहरूको हत्या भएपछि आक्रोशमा आएर अपशब्द बोलेको बताएका हुन् । आफ्नो भिडियोमा अपशब्द सुनेर असहज लागेकोमा उनले माफी मागेका छन् तर, जोलक्षित अपशब्द बोलिएको हो त्यसमा आफूलाई पछुतो नभएको उनको भनाई छ ।

उनले कुनै पनि सरकारी र व्यक्तिगत संरचनामा आगजनी गरेको प्रमाण ल्याउन पनि चुनौती दिएका छन् । प्रमाणित भए आफू जेल जान तयार रहेको उनको भनाई छ ।

अधिकारीको प्रष्टीकरण

मेरै अगाडि पछाडि ४ जना स्कुल ड्रेस लगाएका बालबालिका ढले । त्यहीँ सहिद भए । भाद्र २४ को दिन ती विद्यार्थीहरू मेरो आँखामा मुटुमा आइरहेको अवस्था । आक्रोश बोकेर म फेरि संसद् भवन नै पुगे ।

भ्रष्ट्राचारविरुद्ध र अन्य केही एजेण्डा बोकेको जेनजी आन्दोलनलाई समर्थन गर्न म त्यहाँ पुगेको म त्यहाँ एक दिन अगाडिको हत्याले आक्रोश यसरी बढेको थियो । म मात्रै होइन त्यहाँ पुगेका लाखौंमा त्यही थियो । जो सरकार थियो त्यो सरकारले संसद् भवनभित्रबाट गोली प्रहार गरेको थियो । तपाइ मेरा छोराछोरी त्यही ढलेर सहिद भएका थिए । संसद् भित्र जाँदा सबै हुल भित्र जाँदा त्यो  आक्रोश सबैमा देखिन्थ्यो । ममा पनि थियो ।

संसद भवन भित्र गइयो । भित्र गएर मैले मोबाइल निकाले र ती तपाईँका, मेरा छोराछोरीमाथि गोली प्रहार गर्ने । मेरा छोराछोरी पनि त्यही २३ गते आन्दोलनमा सरिक थिए । उनीहरु पनि त्यही संसद भवनमा थिए । 

तर तपाईँका कति छोराछोरी गोली लागेर सहिद भए नि । त्यो गोली हान्न आदेश दिने सरकार चलाउने र देश चलाइरहेकाहरुलाई के बोले त ‘तेरो देश सकियो’ भनेर बोले । त्यो कोमाथि इंगित थियो त जसले त्यो सरकार/देश चलाइरहेको थिए । जसले गोली हान्ने आदेश दियो । त्यो कसले दिएको थियो त केपी ओली ज्यूले सञ्चालन गरिरहेको भन्छु म । संसद् र देश थियो । उहाँलाई साथ दिने देउवा जी र प्रचण्ड जी उहाँहरू सबै र पुरै संसद् विरुद्ध मेरो आक्रोश थियो ।

ती छोराछोरी मेरो आँखा अगाडि मरेका त्यो आक्रोश थियो । त्यो आक्रोशमा मैले अपशब्द बोले । अपशब्द कसलाई बोले त मैले त्यो गोली हान्न आदेश दिने केपी ओली लिडेड पार्ल्यामेन्ट/गभरमेन्ट विरुद्ध मैले त्यो अपशब्द बोले ।

तपाईं हामी प्रति इंगित होइन । त्यो रिस राग मेरो आँखा अगाडी ती छोराछोरी मरेको आक्रोश थियो । 

अहिले त्यो शब्द सुन्दा अप्ठ्यारो लाग्छ । त्यसमा म माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुने थियो । तर जो विरुद्ध मैले अपशब्द बोलेको हो मलाई कुनै रिग्रेट छैन । किनभने उहाँहरुको आदेशमा तपाई हाम्रा छोराछोरी मारिएको हो । त्यो हत्याराविरुद्ध मैले अपशब्द बोलेको हो ।

अर्को कुरा संसद् भवन जलाए भन्ने जो हुनुहुन्छ नि एउटा प्रमाण निकाल्नुस् म जेल जान्छु । सिंहदरबार न्यायालय जलाएको प्रमाण छ भने देखाउनुहोस् म जेल जान्छु । कसैको घर जलाएको वा हातपात गरेको भए कुनै सानो फोटो होला नि देखाउनुहोस् म जेल जान्छु । 

अहिले पनि एन्टीकर्प्सन विरुद्धको लडाइ अहिले पनि बोकेर हिँडेको छु ।

जो हत्याराहरूलाई अहिलेको सरकारले पक्राउन गर्न सकेको छैन । यो अहिलेको सरकारले । अहिले सरकार पनि यदा गर्नुहोस है सरकारको काम पनि राम्रो देखिएको छैन ।

अहिले हेर्नुस् त सामाजिक सञ्जालमा भाद्र २३ को कुरा सबै मेट्न लागिसक्यो । ती हत्याराहरू भाग्न लागिसके, छुट्न लागिसके । २४ मा बिल्डिङ बलेको कुरा ठुलो भइरहेको छ । एउटा ज्यान र एउटा बिल्डिङ कहिल्यै पनि बराबर हुँदैन । कृपया त्यो याद गर्नुस्। र एन्टिकरप्सन र हत्याराहरुविद्ध मेरो आवाज यत्तिकै बुलंद रहनेछ ।