सुनचाँदीको मूल्य तोलामा दुई हजारले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य तोलामा दुई हजारले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३५ रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।