छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरी जाने

छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरी जाने


काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छिन् ।

प्रधानमन्त्री कार्की दिउँसो सवा ४ बजे कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी हुने प्रेस संयोजक राम रावलले जानकारी दिए ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै छ ।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।