राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।