मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकले विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयसँगै केही प्रशासनिक विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ। यस क्रममा केही सचिव तथा सहसचिवहरूको सरुवा हुने सम्भावना रहेको छ