बानेश्वरमा काँग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरु

बानेश्वरमा काँग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरु


काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ। बानेश्वरमा केही बेरअघिबाट भेला सुरु भएको हो।

आफूहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर महाधिवेशन माग गर्दा समेत पार्टी नेतृत्वले अटेर गरेको भन्दै दबाब दिन भन्दै आज भेला राखेको हो।

काँग्रेसमा महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ।

थप निर्णयका लागि आज केन्द्रीय समिति बैठक बस्दै छ।