काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि मिसिन पुगेका छन् ।
माओवादीसहितको एकतामा गम्भीर असहमति जनाएका उनले मंगलबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए।
त्यसैगरी बुधबार बिहान उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका थिए ।
त्यहाँ उनलाई प्रचण्डले एकीकृत पार्टीमा समाहित हुन आग्रह गरेका थिए । उनीसँगै समाजवादी महासचिव घनश्याम भुसालसँग पनि प्रचण्डले छलफल गरेका थिए ।

प्रतिक्रिया