जाँचबुझ आयोगले लियो रविको बयान

जाँचबुझ आयोगले लियो रविको बयान


काठमाडौँ । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ।

बुधबार सिंहदरवारस्थित आयोगको कार्यालयमा पाँच घण्टाभन्दा बढी समय बयान लिइएको हो। बयान सकिएसँगै रविलाई ललितपुरको नख्खु कारागार फिर्ता पठाइएको स्रोतले बताएको छ ।

बयान भदौ २४ गते नख्खु कारागारमा के भएको र कसरी बाहिर निस्किएको भन्ने विषयमा केन्द्रित रहेको स्रोतले बताएको छ।

उनलाई बयानका लागि बुधबार दिउँसो पौने २ बजेतिर कार्यालयमा लगिएको थियो।

रविको बयान लिनुअघि जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की मंगलबार नख्खु कारागार पुगेका थिए।

आयोगले भदौ २४ गते नख्खुमा भएको घटनालाई लिएर नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटना केन्द्रित बयान समेत लिइसकेको छ।