काँग्रेसको केन्द्रीय समिति बैठकमा आज २० जनाले राखे धारणा, भोलि पनि बस्ने

काँग्रेसको केन्द्रीय समिति बैठकमा आज २० जनाले राखे धारणा, भोलि पनि बस्ने


काठमाडौँ। नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज २० जनाले धारणा राखेका छन्।

असोज २८ मा प्रारम्भ भएको बैठक भोलि पनि बस्दै छ। बैठक भोलि बिहान ११:३० बजेबाट निरन्तर अघि बढ्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

आजको बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, एनपी साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरीले बोलेका थिए।

यस्तै, बैठकमा मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिनी यादव, उर्मिला नेपाल केसी, रुपा विक, धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले पनि धारणा राखेको उनले बताए।

काँग्रेस बैठकमा महाधिवेशनको कार्यपालिकाबारे चर्को विवाद छ। महामन्त्री गगन थापाले चुनावअघि गर्ने गरी प्रस्ताव राखेका छन् भने संस्थापन पक्ष फागुन २१ को चुनावपछि मात्रै गर्ने अडान लिइरहेका छन्।