काठमाडौँ उपत्यकाका यी क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द

काठमाडौँ उपत्यकाका यी क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द


काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन गर्न बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तर्गत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा फिडरको लाइनमा आपूर्ति बन्द गरिएको छ ।