काठमाडौ। उपप्रधानमन्त्री तथा गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयको संवेदनशीलताका कारण धेरै कामहरू गोप्य राख्नुपर्ने बताएका छन् । जेनजी अगुवा सुदन गुरुङले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाइरहेका बेला गृहमन्त्री अर्यालले सोमबार फेसबुकमा स्टाटस लेख्दै शुद्ध मनले काम गरिरहेको दाबी गरेका हुन् ।
“गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन,” उनले लेखेका छन् ।
गृहमन्त्री अर्यालले सुशासनको बाटोमा पाइलैपिच्छे अघि बढेर निर्वाचनमार्फत देशलाई निकास दिने सरकारको अभिभारा पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।यसअघि जेनजीका अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

प्रतिक्रिया