काठमाडौ । एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु भएको छ। निर्देशक माइकल चन्दले झण्डै ८० प्रतिशत छायांकन चितवनमै गरिने जानकारी दिएका छन्। उनका अनुसार शुक्रबारबाट सुरु भएको सुटिङ ४० दिन चितवनमा र बाँकी १० दिन मुस्ताङको सेड्युलमा पूरा गरिनेछ। चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए।
लाइन प्रोड्युसर राजेन्द्र आचार्यले चितवनमा फिल्म सुटिङ हुँदा जिल्लालाई ‘फिल्म सिटी’को रूपमा चिनाउनुका साथै पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए। निर्माण पक्षले फिल्म आगामी चैत २७ गते प्रदर्शन गर्ने तयारी गरेको छ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुसी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसीलगायत कलाकारले अभिनय गर्दैछन्। विशेष भूमिकामा राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह र पुजन लामिछाने देखिनेछन्।
उपेन्द्र शाही र स्वेता बिमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माता छन्। मोती कार्की क्रिएटिभ निर्माता रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ। विजय बस्यालको पब्लिसिटी डिजाइन र विदुषी थापाको प्रोडक्सन डिजाइन रहेको छ।
निर्देशक चन्दले यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनेका छन्।

प्रतिक्रिया