मधेश प्रदेशका मुख्यमन्त्रीले गरे पदभार ग्रहण, बाहिर सात राजनीतिक दलकाका नेता कार्यकर्ताहरूको नाराबाजी

मधेश प्रदेशका मुख्यमन्त्रीले गरे पदभार ग्रहण, बाहिर सात राजनीतिक दलकाका नेता कार्यकर्ताहरूको नाराबाजी


काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् ।

असहज परिस्थितिका बाबजुद उनले मधेश भवन छिरेर मंगलबार पदभार ग्रहण गरेका हुन् ।

यादवले पदभार ग्रहण गरिरहँदा सात राजनीतिक दलका सांसद तथा नेता कार्यकर्ताहरूले मधेश भवन अगाडि नाराबाजी गरिरहेका थिए ।

विरोध प्रदर्शनका क्रममा मधेश भवन बाहिर सांसद र राजनीतिक दलका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।

त्यस क्रममा प्रहरीले विरोधमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज समेत गरेका छन् ।

प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ ।