ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस

ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस


काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक ९डीआईजी० ईश्वर कार्की सिफारिस भएका छन् । शुक्रबार गृह मन्त्रालयको बढुवा समितिले कार्कीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजी कार्की कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । दानबहादुर कार्कीको प्रहरी महानिरीक्षक ९आईजीपी०मा पदोन्नति भएपछि रिक्त रहेको पदमा उनलाई बढुवा सिफारिस गरिएको हो ।