मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै मधेस भवन अगाडि नारावाजी (भिडियो )

मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै मधेस भवन अगाडि नारावाजी (भिडियो )


जनकपुरधाम ।मधेस प्रदेश सरकार असंवैधानिक रूपमा गठन गरिएको आरोप लगाउँदै सात राजनीतिक दलले आइतबार पनि जनकपुरधाममा धर्ना जारी राखेका छन्। मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि विरोध कार्यक्रम सञ्चालन गरेका हुन्।

धर्नामा सहभागी माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले तत्कालिन प्रदेश प्रमुखले संविधानविपरीत सरकार गठनको प्रक्रिया अघि बढाएको आरोप लगाए। “सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा मधेसी जनताको पक्षमा फैसला गर्छ भन्ने विश्वास छ,” साहले भने।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले पनि सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन्। सर्वोच्चको फैसला आएपछि सात दलीय गठबन्धनले आन्दोलनको आगामी स्वरूपबारे छलफल गर्ने उनले बताए।

विरोधमा उत्रिएको सात दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा ९माओवादी केन्द्र०, लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। आइतबार उनीहरू नेपालको राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका थिए।